मंगलबार, फागुन १९, २०८२

गृहमन्त्रालयले भन्यो – सोमबार राष्ट्रिय झन्डा आधा झुकाउनू

मेरोन्यूज २०७९ माघ १ गते १८:३६

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको यति एयरलाइन्सको विमान दुर्घटनापछि सरकारले सोमबार मुलुकभर शोक विदा दिने निर्णय गरेको छ।
सरकारले सोमबारका दिन अत्यावश्यक सेवा बाहेक नेपाल राज्यभर शोक विदा दिने घोषणा गरेको हो। गृह मन्त्रालयले मन्त्रिपरिषद्‍को निर्णय अनुसार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत गरेको जानकारी दिएको हो।

Advertisement
nepal life insurencenepal life insurence

सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले सरकारले घटनाप्रति दुःख व्यक्त गरेको बताएका छन्। आइतबार बिहान साढे बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरको एटीआर ७२ विमान कास्की जिल्लाको पोखरा महानगरपालिका( १५ नयाँगाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो।

दुर्घटनामा १५ जना विदेसी नागरिक परेका छन्।

प्रतिक्रिया