आइतबार, मंसिर ७, २०८२

सुशान्तको जन्मदिनमा रिया चक्रवर्तीले सेयर गरिन् तस्विर, यसरी व्यक्त गरिन् माया

मेरोन्यूज २०७९ माघ ७ गते १६:५३

सुशान्त सिंह राजपुतको निधको २ वर्षभन्दा बढी समय बितीसक्दा पनि उनका फ्यानहरुले उनलाई बिर्सन सकेका छैनन् । आज परेको सुशान्तको ३७ औं जन्मदिनमा परिवार, साथीभाइ र फ्यानहरू सबैले अभिनेतालाई सम्झिरहेका छन्।

यसै अवसरमा उनकी प्रेमिका अभिनेत्री रिया चक्रवर्तीले पनि उनको तस्विर शेयर गरेर आफ्नो भावना ब्यक्त गरेकी छन् । सुशान्त सिंह राजपुतको मृत्युपछि रिया चक्रवर्तीले प्रायः उनका नदेखिएका तस्बिर शेयर गर्छिन् ।

थ्रोब्याक फोटोहरूमा रिया र सुशान्त सिंह राजपूतको विशेष बन्धन देखिन्छ। पहिलो तस्बिरमा रिया र सुशान्त कफीको मगसँग पोज दिइरहेका छ । दोस्रो तस्विरमा दुवै मुस्कुराउँदै देखिएका छन् । सुशान्तसँगको तस्बिर सेयर गर्दै रियाले क्याप्सनमा लेखेकी छन्, इन्फिनिटी प्लस वान।’ 

सुशान्तले जुन १४ जुन २०२० मा उक्त फ्ल्याटमा आत्महत्या गरेको देखिएपनि परिवारले उनको मृत्युको दोष रियालाई लगाएका थिए । यसै प्रकरणमा रिया केही दिन जेलमा पनि परेकी थिइन् । तर, रियाले सधैं आफू सुशासुशान्तसँग प्रेममा भएको बताएकी थिइन् । उनले घटनाको छानबिन गर्न सरकारलाई पत्र समेत लेखेकी थिइन् । 

हालै रियाको जीवनमा नयाँ व्यक्ति आएको खबर चर्चामा थियो । उनी सीमा सजदेहका दाइ बंटी सजदेहसँग डेट गरिरहेकी छन् भन्ने खबर आएको थियो । आजभोली रिया बंटी सजदेहको ट्यालेन्ट म्यानेजमेन्ट कम्पनीको व्यवस्थापन गर्छिन्। यो अफवाह सत्य हो या झुट यसबारे उनले कुनै प्रतिक्रिया दिएकी छैनन् ।  

प्रतिक्रिया