सुशान्तको जन्मदिनमा रिया चक्रवर्तीले सेयर गरिन् तस्विर, यसरी व्यक्त गरिन् माया

सुशान्त सिंह राजपुतको निधको २ वर्षभन्दा बढी समय बितीसक्दा पनि उनका फ्यानहरुले उनलाई बिर्सन सकेका छैनन् । आज परेको सुशान्तको ३७ औं जन्मदिनमा परिवार, साथीभाइ र फ्यानहरू सबैले अभिनेतालाई सम्झिरहेका छन्।
यसै अवसरमा उनकी प्रेमिका अभिनेत्री रिया चक्रवर्तीले पनि उनको तस्विर शेयर गरेर आफ्नो भावना ब्यक्त गरेकी छन् । सुशान्त सिंह राजपुतको मृत्युपछि रिया चक्रवर्तीले प्रायः उनका नदेखिएका तस्बिर शेयर गर्छिन् ।
थ्रोब्याक फोटोहरूमा रिया र सुशान्त सिंह राजपूतको विशेष बन्धन देखिन्छ। पहिलो तस्बिरमा रिया र सुशान्त कफीको मगसँग पोज दिइरहेका छ । दोस्रो तस्विरमा दुवै मुस्कुराउँदै देखिएका छन् । सुशान्तसँगको तस्बिर सेयर गर्दै रियाले क्याप्सनमा लेखेकी छन्, इन्फिनिटी प्लस वान।’

सुशान्तले जुन १४ जुन २०२० मा उक्त फ्ल्याटमा आत्महत्या गरेको देखिएपनि परिवारले उनको मृत्युको दोष रियालाई लगाएका थिए । यसै प्रकरणमा रिया केही दिन जेलमा पनि परेकी थिइन् । तर, रियाले सधैं आफू सुशासुशान्तसँग प्रेममा भएको बताएकी थिइन् । उनले घटनाको छानबिन गर्न सरकारलाई पत्र समेत लेखेकी थिइन् ।
हालै रियाको जीवनमा नयाँ व्यक्ति आएको खबर चर्चामा थियो । उनी सीमा सजदेहका दाइ बंटी सजदेहसँग डेट गरिरहेकी छन् भन्ने खबर आएको थियो । आजभोली रिया बंटी सजदेहको ट्यालेन्ट म्यानेजमेन्ट कम्पनीको व्यवस्थापन गर्छिन्। यो अफवाह सत्य हो या झुट यसबारे उनले कुनै प्रतिक्रिया दिएकी छैनन् ।















बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद
मल आपूर्ति सुनिश्चित गर्नुपर्ने अखिल नेपाल किसान महासङ्घको माग
लन्डनमा प्यालेस्टाइन एक्सनको समर्थनमा प्रदर्शन , ५ सय जना पक्राउ
Speaker Aryal pledges to perform duties with neutrality
कम्बोडियाले थाइल्यान्डलाई सीमा विवादमा तत्काल वार्ता सुरु गर्न आग्रह
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया