शुक्रबार, माघ १६, २०८२

मोरङमा अवैध घरेलु मदिरा सहित ३ जना पक्राउ

मेरोन्यूज २०७९ माघ १० गते १७:३३

मोरङ। घरेलु मदिरा सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मोरङ जिल्ला बिराटनगर महानगरपालिकाको वडा नं-५ बस्ने बर्ष ३६ को दिपेन्द्र अमात्य, सोही जिल्लाकै बेलबारी नगरपालिका वडा नं-११ बस्ने बर्ष ३७ की सुनिता राई र ऐऐ बस्ने ५०बर्षकी शोभाराईलाई को १ ह १८६९ नं को अटोमा लोड गरि ल्याउँदै गरेको अन्दाजी ४५५ लिटर घरेलु मदिरासहित अप्रचौ घिनाघाटबाट खटिएको प्रहरी टोलीले अवैध घरेलु मदिरा सहित पक्राउ गरेको हो ।

उक्त मदिरा बरामद गरी प्रहरीले आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय मोरङ, विराटनगरमा बुझाईएको हो ।

प्रतिक्रिया