नेपाली युवतीलाई झण्डै चार लाख रुपैयाँको दरमा बेच्ने ठकुरी पक्राउ
मेरोन्यूज
२०७९ माघ १२ गते १३:१९

काठमाडौँ । नेपालबाट खाडीमा विभिन्न मुलुकमा मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन् । झापा दमक नगरपालिका ३ घर भई हाल काठमाडौँ महानगर १४ बस्ने प्रकाश शाही ठकुरी भन्ने ४१ वर्षीय प्रकाश धिमाललाई प्रहरीले पक्राउ गरेको हो ।
पीडितको उजुरीका आधारमा नेपाल प्रहरी प्रधान कार्यालय मानब बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको प्रहरीले धिमाललाई काठमाडौको चाबहिलबाट पक्राउ गरेको हो ।
म्यानपावर एजेण्टको काम गर्ने धिमालले कुवेतमा फ्रि भिसा र फ्रि टिकट भन्दै ४ जना महिलालाई गत वैशाख १२ ग दुबई हुँदै कुवेत लगेका थिए । उनले कुवेतमा उनीहरूलाई नौ सय कुवेती दिनार (तीन लाख ८३ हजार रुपैयाँ)मा बिक्री गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया