शनिबार, माघ १७, २०८२

बलात्कारको आरोपमा दुई जना पक्राउ

मेरोन्यूज २०७९ माघ १२ गते १३:३८

काठमाडौँ । दुई किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बागलुङ ढोरपाटन नगरपालिका ७ बोबाङ बस्ने २२ वर्षीय आयुष बिक र २१ वर्षीय जिवन बिक रहेका छन् ।

उनीहरूले १७ वर्षीया र १६ वर्षीया किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । आयुषले आफ्नै घरमा १६ वर्षीया किशोरीलाई मंगलबार राति बलात्कार गरेका थिए ।

यस्तै, जिवनले आयुषकै घरमा माघ ४ गते राति १७ वर्षीया किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया