आज ३० वर्षकी भइन् शहनाज गिलः पञ्जाबकी कट्रिना देखि बलिउड डेब्यू

पञ्जाबकी कट्रिना कैफ बनेर देशभर लोकप्रिय भएकी शहनाज गिल आज ३० वर्षकी भइन् । शहनाजको जन्म २७ जनवरी १९९३ मा भएको थियो ।
शहनाजलाई बाल्यकालदेखि नै अभिनयको रुची थियो । परिवारबाट भागेर उनी पञ्जाबमा मोडलिङ र अभिनयको दुनियाँमा प्रवेश गरिन् । सन् २०१५ मा, शहनाज गिल पहिलो पटक गुरविन्दर ब्रारको गीत शिव दी किताब र कंवर चहलको गीत माझे दी जट्टीको म्युजिक भिडियोमा देखा परेकी थिइन्।

बिग बोस १३ मा आएपछि शहनाजले विशेष पहिचान पाइन् । शहनाजको फ्लर्टी स्टाइललाई फ्यानले मन पराए । शहनाज र सिद्धार्थ बिग बोसको मनपर्ने जोडीमा पर्छन्।

शहनाज र सिद्धार्थले आफ्नो सम्बन्धलाई कहिल्यै स्विकारेका थिएनन्, तर उनीहरूको प्रेम सारा संसारले देखेको थियो। सिद्धार्थको आकस्मिक मृत्युले शहनाजलाई नराम्ररी टुटाएको थियो । फ्यानहरूले शहनाजको आँखामा त्यो चमक आजपनि देख्छन्, जुन सिद्धार्थसँग हुदाँ देखिन्थ्यो।
सिद्धार्थको मृत्युपछि शहनाज बिग बोस १४ मा अतिथिका रूपमा पुगिन्, जहाँ सलमान खानलाई भेटेर उनी भावुक भइन् । केही समयपछि सलमानले शहनाजलाई आफ्नो आगामी फिल्म ‘किसी का भाई किसकी जान’ मा कास्ट गरेको खबर आएको थियो । यो शहनाजको बलिउड डेब्यू फिल्म हाे, जुन २०२३ मा मात्रै रिलिज हुनेछ ।
शहनाज गिल आज ठूलो नाम बनेकाे छ। हालै शहनाजका धेरै गीतहरू गुरु रन्धावासँग देखा परेका छन् । फेसनदेखि स्टाइलसम्म शहनाज गिलमा धेरै परिवर्तन आएको छ ।
अब शहनाज गिल छिट्टै सलमान खानसँग फिल्ममा डेब्यु गर्दैछिन् । शहनाज सलमानको फिल्म ‘किसी का भाई, किसी की जान’ मा देखिदैछिन् । फिल्मको टिजरमा शहनाजको झलक देखिएको छ ।

२०२२ को रिपोर्ट अनुसार शहनाज गिलको कुल सम्पत्ति ४ मिलियन डलर अर्थात् ३० करोड रुपैयाँ छ । शहनाज गिलको इन्स्टाग्राम अकाउन्टमा १३.९ मिलियन फलोअर्स छन् ।









सुरु भयो क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माण
महेश बस्नेतमाथि विराटनगरमा आक्रमण प्रयास
व्यापार बढाउने माध्यम बन्यो एनपिएल
महिला फुटबल टोली इन्डोनेसिया प्रस्थान
राष्ट्र शान्तिको उद्देश्यसहित श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया