कञ्चनपुरमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
धनगढी । कञ्चनपुरमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिका–५ सिम्रीमा धनगढी–बेलौरी हुलाकी सडक खण्डमा म१ह ८२४ नम्बरको अटो दुर्घटना हुँदा एक जनाको मृत्यु र अन्य दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ घर भएका २१ वर्षीय सरोज रिमालको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका रिमालको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अटोमा सवार रामेछापको मन्थली नगरपालिका–११ का १८ वर्षीया सबिना घिमिरे र महोत्तरीको बर्दिवास नगरपालिका–४ का २२ वर्षीय सुशील बुढाथोकी घाइते भएका छन् । उनीहरूको पनि धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको हो ।
चालक धनगढी उपमहानगरपालिका–८ बस्ने ३२ वर्षीय रमेश देवकोटा र अटोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया