पेस्तोलसहित जनकपुरबाट दुई युवक पक्राउ
मेरोन्यूज
२०७९ माघ १४ गते १९:४८
जनकपुरधाम । धनुषा प्रहरीले पेस्तोलसहित दुई युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मिथिला नगरपालिका ६ का २८ वर्षीय रोशन महतो र सोही ठाउँका २६ वर्षीय शंकर महतो छन् ।
पेस्तोल बोकेर हिँडिरहेको सूचनाका आधारमा मिथिला नगरपालिका-२ नक्टाझिझको विश्वकर्मा चोकस्थित रोशनलाई चेकजाँच गर्दा माउजर पेस्तोल र सो पेस्तोलमा लोड गरिएको म्यागेजिन एक थान र म्यागेजिनमा लोड भएको केएफ दशमलव ६५ उल्लेख भएको दुई थान गोली बरामद भएको धनुषाका एसपी विश्वराज खड्काले जानकारी दिए ।
माघ १२ गते रोशन पक्राउ परेको र उनले दिएको बयानका आधारमा पेस्तोल बिक्री गरेका शंकरलाई समेत पक्राउ गरेको एसपी खड्काले बताए ।
शंकरबाट रोशनले शंकरलाई ५० हजार नगद दिएको र पछि २० हजार रुपैयाँ दिने सहमतिमा पेस्तोल खरिद गरेको प्रहरीको भनाइ छ ।
सम्बन्धित
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया