शनिबार, माघ १७, २०८२

धनुषाको हिरासतबाट ६ अभियुक्त फरार

मेरोन्यूज २०७९ माघ १६ गते ८:४६

काठमाडौँ । धनुषाको हिरासतबाट ६ अभियुक्त फरार भएका छन् । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत कक्ष फोडेर गए राति ६ अभियुक्त फरार भएका धनुषा प्रहरी प्रवक्ता डिएसपी प्रदीप क्षेत्रीले जानकारी दिए ।

गए राति करिब १ बजेदेखि ३ बजेको बीचमा उनीहरु कोठाको पर्खाल फोडेर फरार भएको डिएसपी क्षेत्रीले बताए । भागेकामध्ये २ जना हातहतियार, २ जना लागुऔषध र २ जना सार्वजनिक अपराध कसुरमा अनुसन्धानका लागि हिरासतमा थिए।

प्रहरीले फरार अभियुक्तहरूको जिल्ला र प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीले खोजी गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया