‘पठान’काे पाँच दिनकाे कमाइ कति ?
मेरोन्यूज
२०७९ माघ १६ गते १४:२६

काठमाडाैं । शाहरुख खानको फिल्म पठानले बक्स अफिसमा दिनप्रतिदिन नयाँ रेकर्ड बनाइरहेको छ । फिल्मले रिलिजको पाँचौं दिन करिब ७० करोड भारु कलेक्सन गरेको छ। तर, आधिकारिक तथ्यांक भने सार्वजनिक भएको छैन ।
पाचाैँ दिनसम्ममा फिल्मले भारतीय बक्स अफिसमा मात्र कुल २८० करोड भारु कलेक्सन गरेको छ । यसअनुसार पठान घरेलु बक्स अफिसमा २८० करोड कमाउने पहिलो हिन्दी फिल्म बनेकाे छ ।
यसअघि बाहुबली-२ (हिन्दी संस्करण) र केजीएफ-२ (हिन्दी संस्करण) लाई २५० करोड क्लबमा पुग्न ७ देखि ८ दिन लागेको थियो। जबकि, पठानले ५ दिनमा विश्वभरबाट ५४० करोड भारूकाे संकलन गरेको छ ।
चलचित्र व्यवसायीका अनुसार पठानले यसरी नै कमाइ गरिरहने हो भने आगामी दिनमा धेरै ठूला कीर्तिमान तोड्न सक्नेछ ।
सम्बन्धित









आज कति पुग्यो सुनको भाउ ?
रेखा खोलामा शव फेला, दुई जना पक्राउ
चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु
हुम्लामा भालुको आक्रमणबाट ३ जना घाइते
एनपीएलः सोमबार दुई खेल हुने
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया