शनिबार, माघ १७, २०८२

चाइनिज पेस्तोल र ६ राउण्ड गोलीसहित दुई जना पक्राउ

मेरोन्यूज २०७९ माघ १९ गते १६:०३

सुनसरी । इटहरी उपमहानगरपालिका–१२ खनारबाट १ थान चाइनीज पेस्तोल र सोही पेस्तोलमा लाग्ने गोली ६ राउण्डसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका–१५ का ३० वर्षीय सुजित मगरार्ती माझी र सोही उपमहानगरपालिका–१० का १८ वर्षीय किशोर रहेका छन् ।

इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त हतियार र प्र.१.०२.०४३ प ६८९७ नम्बरको मोटरसाइकलसहित बुधबार राति फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।  

प्रतिक्रिया