बालकको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि…

तनहुँ । जिल्लाको भानु नगरपालिका–१३ बर्खोला निवासी १६ वर्षीय बालक मनोज मौरतीको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि उपचारमा समस्या भएको छ ।
जुकाले फोक्सो र कलेजोमा गुँड बनाएर अण्डा पारेसँगै हिडाटिड सिस्ट भन्ने रोगका कारण फोक्सो र कलेजोमा आक्रमण गरेपछि आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोग्नुपरेको हो । सोही वडास्थित अरनिको माध्यमिक विद्यालयमा अध्ययनरत मौरतीका बाबुको निधन भइसकेकाले घरका अन्य सदस्यको आयस्रोत नहुँदा उपचारमा समस्या भएको स्थानीय समाजसेवी गल गुरुङले जानकारी दिए ।
आर्थिक अवस्था अत्यन्त न्यून रहेका मौरती परिवारले उपचार खर्च जुटाउन नसकेपछि गुरुङकै सक्रियतामा करिब रु दुई लाख ३० हजार सङ्कलन गरी उपचारमा सहयोग गरिएको उनले बताए । बालक मौरतीको उपचारको लागि खर्च जुटाउन सोही वडा निवासी देशविदेशमा रहनुभएका व्यक्तिले सहयोग गरेका कारण उपचारमा केही हदमा सहज भएको उनले बताए ।
फोक्सो र कलेजोमा समस्या भएपछि काठमाडौँ महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पहिलो फोक्सोको ‘ओपन सर्जरी’ गरिएको छ भने दोस्रो पटक कलेजो पाइपमार्फत शल्यक्रिया गरिएको थियो ।
अबको दुई हप्तापछि पुनःफलोअपका लागि चिकित्सकले सम्पर्क गर्न जानकारी दिएको र अहिले दोस्रो शल्यक्रियापश्चात बालक मौरती घर फर्किएका छन् । बालकको उपचारका लागि अझै आर्थिक अभाव हुने देखिएकाले सहयोगी मनले सहयोग गरिदिन आर्थिक सङ्कलन अभियन्ता गुरुङले आग्रह गरेका छन् ।
















आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी मनाइँदै
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको पूर्वानुमान
आज शुक्रबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै
प्रतिक्रिया