किसानलाई कृषिमा आत्मनिर्भर बनाउँदै दोर्दी गाउँपालिका

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिकाले पालिकाभित्रका किसानलाई कृषिमा आत्मनिर्भर बनाउँन थालेको छ ।
दोर्दी पालिकाले कृषिमा आत्मनिर्भर बनाउन किसानलाई ७५ प्रतिशत अनुदानमा तरकारीको विउहरु वितरण गर्दै किसानलाई आत्मनिर्भर बनाउन थालेको हो ।
दोर्दी पालिकाको कृषि शाखाका कृषि प्राविधिक नरहरी घिमिरेका अनुसार पालिकाका किसानलाई यतिबेला उनीहरुको मागको आधारमा वर्खे तरकारीको विभिन्न प्रकारका विउहरु ७५ प्रतिशत पालिकाको अनुदानमा वितरण गरिरहेको छ ।
गाउँपालिकाको यस चालू आवमा स्वकृत वार्षिक कार्यक्रमअन्तर्गत १ देखि ९ नम्बर वडाकै किसानहरुलाई बर्खे तथा लहरे तरकारी बालीको विउ वितरण गरिरहेको उनको भनाई छ ।
काक्रा, घिरौला, करेला,झिण्डी,तनेबोडी र गोलभेँडा कृषिक, कृषक समूह, फर्म तथा सहकारीहरुलाई सो अनुदानमा वितरण भइरहेको छ ।
कृषि प्राविधिक घिमिरेले भने, ‘वर्खाका लागि २ लाख ६४ हजार रुपैयाँ बराबरको तरकारीका विउहरु वितरण गर्न लागेका छौँ ।’
यसअघि समेत दुई लाख रुपैयाँ बढीको हिउदे तरकारी, च्याउ, किवी लगायतका विउहरु वितरण गरिसकेको छ । साथै बादर धपाउने बन्धुक समेत वितरण गरेको थियो । त्यस्तै, केही महिनाभित्रमा कृषकहरुलाई अनुदानमा हाते ट्याक्टर, फर्मको लागि प्लाष्टिक, कृषि औजार लगायतका साम्रगीहरु वितरण हुने भएको छ । साथै कुखुरा तथा पशुपन्छि, माछापालन, बंगुरपालन तथा भैँसी पालन लगायत संचालन गर्दै आएका किसान तथा फर्महरुलाई अनुदान दिने भएको छ ।
पालिकाको सबै वडा तरकारीका लागि उपयुक्त भएपनि वडा नं. २,३,४ मा रहेको बेँसीका फाँटहरुमा बढी उत्पादन तथा राम्रो हुने गरेको कृषि शाखाले जनाएको छ । कृषि शाखाका अनुसार यस पालिकामा संघबाट विषेश अनुदानअन्तर्गत कृषि क्षेत्रका लागि एक करोड ३७ लाख रुपैयाँ र गाउँपालिकाको निर्शततर्फबाट १० लाख रुपैयाँ रहेको छ ।
दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले पालिकामा तरकारी खेति राम्रो हुने र यसबाट किसान व्यवसायिक, आत्मनिर्भर हुँदै परिवारको गुजारा चलाउन समेत सकिने भएकाले उनीहरुलाई तरकारी खेतिमा आकर्षित तथा आत्मनिर्भर बनाउन विभिन्न अनुदान उपलब्ध गराउन थालेको बताए ।
आधुनिक कृषि प्रणाली लागु गर्दै कृषि क्षेत्रमा आगामी वर्षहरुमा बजेट बढाउँदै लैजाउने उनको भनाई छ ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया