गाडीका पार्टपुर्जाको अवैध ओसारपसार र कारोबार राेक्न माग गर्दै जिल्ला प्रशासनलाई ज्ञापनपत्र

रुपन्देही । नेपाल र छिमेकी मुलुक भारतको खुल्ला सिमानाको फाईदा उठाउँदै पछिल्लो समय गाडीका पार्टपुर्जाहरुको अवैध ओसारपसार तथा कारोबारमा बृद्धी भएको छ । जसका कारण बैधानिक रुपमा कर तिर्ने व्यवसायीहरु मारमा परेका छन् भने राज्यलाई प्राप्त हुने राजश्वको ठुलो हिस्सा पनि गुमिरहेको छ ।
बिश्वव्यापी महामारी कोभिड-१९ का कारण आक्रान्त भएका व्यवसायीहरु बैङ्कीङ नितिमा आएको परिवर्तन तथा चर्को ब्याजले व्यवसाय धान्न मुस्किल भएको अवस्थामा यस किसिमका अवैध कारोवारका कारणले व्यवसायीहरु व्यवसायबाट नै पलायन हुने अवस्थामा पुगेका हुन् ।
यस समस्याका कारण व्यवसायीहरु मात्र मारमा परेको नभई राष्ट्रलाई नै हानी भईरहेको सन्दर्भमा नेपाल अटो मेकानिक्स व्यवसायी महासंघ र वुटवल अटो इन्जिनियरीङ्ग एसोसियसनले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा ज्ञापनपत्र बुझाएका छन् ।
व्यवसायी र राज्य दुबै पक्ष मारमा परेको कारण यसलाई साझा समस्याको रुपमा लिई सरोकारवाला निकाय, संघसंस्था, भन्सार बिभाग तथा प्रहरी प्रसासनको संयुक्त पहलमा अवैध कारोवारलाई निरुत्साहित गर्ने र अवैध कारोवारीहरुलाई कारवाहिको दायरामा ल्यउनुपर्ने कुरा उक्त ज्ञापनपत्रमा जनाइएको छ ।
















डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन प्रारम्भ, सञ्चार विधेयक ‘टेबुल’
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया