चिकित्सक संघको आन्दोलनले वीर अस्पतालमा बिरामी अलपत्र (फोटोफिचर)
मेरोन्यूज
२०७९ माघ २९ गते १०:११

काडमाडौं । नेपाल चिकित्सक संघको आन्दोलनका कारण वीर अस्पतालमा बिरामीहरू अलपत्र परेका छन् । ट्रमा सेन्टरका एक चिकित्सकमाथी सुरक्षाकर्मीले हातपात गरेको बिरोधमा आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारिएको छ ।
जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी अलमलमा परेका छन ।
स्याङजाका बिरामी रामेश्वर न्यौपाने भन्छन, ‘अस्पतालमा उपचारका लागि आइयो तर यहाँ ताला बन्द छ, अब कसरी उपचार गर्नु ? अलपत्र परियो ।’ सरकारले घटनामा संलग्न एक बरिष्ठ हवल्दारलाई निलम्बन गरेको घोषणा गरिसक्दा पनि चिकित्सक संघले अझै आन्दोलन फिर्ता लिएको छैन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भने बिहानैदेखि सरकार र चिकित्सिक संघका पदाधिकारीबीच वार्ता भइरहेको छ । (न्युज कारखानाबाट)






सम्बन्धित















कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना घाइते
प्रधानमन्त्रीले गरे राजदूतहरूसँग सामूहिक भेट
अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रतिक्रिया