शनिबार, मंसिर २०, २०८२

चिकित्सक संघको आन्दोलनले वीर अस्पतालमा बिरामी अलपत्र (फोटोफिचर)

मेरोन्यूज २०७९ माघ २९ गते १०:११

काडमाडौं । नेपाल चिकित्सक संघको आन्दोलनका कारण वीर अस्पतालमा बिरामीहरू अलपत्र परेका छन् । ट्रमा सेन्टरका एक चिकित्सकमाथी सुरक्षाकर्मीले हातपात गरेको बिरोधमा आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारिएको छ ।

जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी अलमलमा परेका छन । 

स्याङजाका बिरामी रामेश्वर न्यौपाने भन्छन, ‘अस्पतालमा उपचारका लागि आइयो तर यहाँ ताला बन्द छ, अब कसरी उपचार गर्नु ? अलपत्र परियो ।’ सरकारले घटनामा संलग्न एक बरिष्ठ हवल्दारलाई निलम्बन गरेको घोषणा गरिसक्दा पनि चिकित्सक संघले अझै आन्दोलन फिर्ता लिएको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भने बिहानैदेखि सरकार र चिकित्सिक संघका पदाधिकारीबीच वार्ता भइरहेको छ । (न्युज कारखानाबाट

प्रतिक्रिया