आइतबार, मंसिर ७, २०८२

पठान हिट भएपछि शाहरुखले भने- अब फेरी पुरानाे राज बन्न चाहान्न

मेरोन्यूज २०७९ माघ २९ गते १३:३४

यशराज फिल्म्सले यो भ्यालेन्टाइन वीकमा देशका ३७ सहरमा शाहरुख खानको फिल्म ‘दिलवाले दुल्हनिया ले जायेंगे’रिलिज गर्ने निर्णय गरेको छ । फिल्म्सको यस निर्णयमा प्रतिक्रिया दिँदै शाहरुखले आफ्नो सोशल मिडियामा एक पोस्ट सेयर गरेका छन् ।

पोस्टमा शाहरुख खानले ‘दिलवाले दुल्हनिया ले जायेंगे’को सट्टा पठान हेर्न रुचाउने बताएका छन् । धेरै कठिनाईमा एक्शन हिरो बनेको उनले अब फेरि डीडीएलजेको राज बन्ने इच्छा नरहेको बताए ।

यशराज फिल्म्सको ट्विटमा जवाफ दिँदै उनले लेखेका छन्, ‘अरे यार, म यति कठिनाई पछि एक्शन हिरो बनेको छु र तिमीहरु फेरि राजलाई फर्काउन चाहन्छौ, यो प्रतियोगिताले मलाई बाँच्न दिने छैन, म त पठान हेर्न जान्छु । राज त घरको हो।’

प्रतिक्रिया