इन्टरपोलको सम्मेलनमा सहभागी भएर प्रहरी महानिरीक्षक स्वदेश फिर्ता

काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह इन्टरपोलको २४औँ एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी भई आज स्वदेश फिर्ता भएका छन् । संयुक्त अरब इमिरेट्सको अबुधाबीमा यही २४ गतेदेखि सुरु भएको इन्टरपोलको २४औँ एसियाली क्षेत्रीय सम्मेलनमा नेपालका तर्फबाट प्रहरी महानिरीक्षक सिंहको नेतृत्वको टोली सहभागी भएको थियो ।
उनले उक्त सम्मेलनमा एसियाली राष्ट्रका प्रहरी सङ्गठन मजबुत बनाउने र इन्टरपोललाई थप सक्रिय बनाउने विषयमा छलफल भएको जानकारी दिए । प्रहरी महानिरीक्षक सिंहले एसियाली देशहरूबाट आतङ्कवाद निर्मूल पार्ने, मानव बेचबिखन नियन्त्रण तथा पछिल्लो समयमा विश्वव्यापी समस्याका रुपमा देखापरेको साइबर अपराध र साइबर सुरक्षामा एकताबद्ध अघि बढ्ने विषयमा छलफलमा भएको जानकारी दिए ।
इन्टरपोल स्थापना भएको सय वर्ष पूरा भएको अवसरमा सदस्य राष्ट्रले यसलाई विशेष रुपमा मनाउने निर्णय गरिएको र नेपाल सयौँ सदस्य राष्ट्रसमेत भएकाले सोही अवसरमा नेपाल प्रहरीले आइजिपी रनिङ शिल्ड फुटबल प्रतियोगिता आयोजना गरिसकेको पनि उहाँले बताए ।
हाल इन्टरपोलको प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका दुई अधिकृतहरू सिङ्गापुर र लियोनमा कार्यरत रहेको स्मरण गर्दै उनले नेपाल प्रहरीकै लागि गौरवको विषय भएको बताए । महानिरीक्षक सिंहले नेपाल प्रहरी इन्टरपोलको सदस्य भएकै कारण गल्फलगायत विभिन्न देशमा लुकेर रहेका अभियुक्तहरूलाई इन्टरपोलको सहायताबाट पक्राउ गरेर ल्याउन सफल भएको पनि बताए ।
सम्मेलनको दौरानमा प्रहरी महानिरीक्षक सिंहले इन्टरपोलका अध्यक्ष मेजर जनरल अहमद नासिर अल–रइसी र महासचिव जर्गन स्कटलगायत इन्टरपोलका पदाधिकारीहरुसँग भेटघाट गरेका थिए ।
साथै सम्मेलनका क्रममा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन भारत, चीन र दक्षिण कोरियालगायतका मुलुकका प्रहरी प्रमुखसँग छुट्टाछुट्टै भेटवार्ता एवम् औपचारिक र अनौपचारिक छलफल भएको पनि उनले उल्लेख गरे । नेसनल सेन्ट्रल ब्यूरो (एनसिबी) काठमाडौँ नेपालका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपमशमशेर जबरा सहभागी थिए । यसअघि इन्टरपोलको २३औँ एसियाली सम्मेलन सन् २०१७ मा काठमाडौँमा सम्पन्न भएको थियो ।
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया