शनिबार, माघ १७, २०८२

बालाजुका डीएसपी विष्ट रानीपोखरी तानिए

मेरोन्यूज २०७९ फागुन २ गते १२:५३

काठमाडौँ । प्रहरी वृत्त बालाजुका डीएसपी रविन विष्टलाई जिम्मेवारीबाट हटाएर उपत्यका प्रहरी कार्यालय तानिएको छ । डिएसपी विष्टलाई तत्कालका लागि उपत्यका प्रहरी कार्यालयमा फिर्ता बोलाइएको प्रहरीले जनाएको छ ।

विष्टको स्थानमा डीएसपी मनोजित कुँवरलाई पठाइएको छ । सोमबार माछापोखरी क्षेत्रमा यातायात मजदुरहरूले प्रहरी वृत्त बालाजुको स्वामित्वमा रहेको दुईवटा गाडी जलाएका थिए ।

प्रदर्शनमा भएको झडपमा डीएसपी विष्ट चढ्ने बा २ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) र प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको डी पनि आन्दोलनकारीले जलाएका थिए ।

प्रतिक्रिया