शनिबार, माघ १७, २०८२

क्यानडा पठाइदिन्छु भन्दै २० लाख रुपैयाँ ठगी गर्ने पक्राउ

मेरोन्यूज २०७९ फागुन ५ गते १५:३३

काठमाडौँ । क्यानडा पठाइदिन्छु भन्दै नगद २० लाख रुपैयाँ ठगी गरेको अभियोगमा सर्लाही लालबन्दी नगरपालिका ३ का युवक पक्राउ परेका छन् ।

उनलाई काठमाडौँ महानगर ३२ नरेफाँटबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा २९ वर्षीय लक्ष्मण थापा रहेका छन् ।

थापाले पीडितलाई वैदेशिक रोजगारीको लागि क्यानडा जानको लागि २३ लाख रुपैयाँ लाग्छ र त्यहाँ पुगेपछि मासिक ३ लाख रुपैयाँ हुने काममा लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रूपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बानेश्वरबाट उनलाई पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।  

प्रतिक्रिया