२८ किलो गाँजासहित युवक पक्राउ
मेरोन्यूज
२०७९ फागुन ५ गते २१:२०
सुनसरी । सुनसरीबाट २८ केजी गाँजासहित एक जना पक्राउ परेका छन् । सुनसरीको हरिनगर गाउँपालिका ७ स्थित देवानगंज पुल नजिकबाट गाँजासहितको ट्याक्टर नियन्त्रणमा लिइएको हो ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी घुस्की सुनसरीले दुहबी नगरपालिका ४ बस्ने २० वर्षीय मोहम्मद रुस्तमलाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीले दुहबिबाट घुस्कीतर्फ आउँदै गरेको को २ त ७९९३ नम्बरको ट्रयाक्टरमा शंका लागेर जाँच गर्दा ट्रयाक्टरको ट्रालीमुनि फल्सबटम बनाई बोरामा १४ पोका पारेर ल्याइएको गाँजा बरामद भएको हो ।
नियन्त्रणमा लिइएका रुस्तमलाई गाँजा र ट्रयाक्टरसहित आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीमा बुझाएको छ ।
सम्बन्धित
















ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
स्ट्याक्स नेपालले टि-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
प्रतिक्रिया