बिन्दबासिनी म्युजिकका सञ्चालक रेग्मी पक्राउ
मेरोन्यूज
२०७९ फागुन ८ गते ११:०६

काठमाडौं। बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्।
केन्द्रीय साइबर ब्यूरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।
साइबर ब्यूरोका एसएसपी नवीन्द अर्यालका अनुसार थाईल्याण्डबाट नेपाल आउँदै गरेका बेला रेग्मीलाई विमानस्थलबाटै पक्राउ गरिएको हो । साइबर अपराधको आरोपमा पक्राउ परेका रेग्मीकाे आजै अदालतमा म्याद थप गरिनेछ ।
गायक प्रमोद खरेलसहित ४ जना कलाकारले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको बुझिएको छ ।
रेग्मीले सामाजिक सञ्जालमामार्फत् विभिन्न कलाकारहरुविरुद्ध अपशब्द प्रयोग गरेको तथा लाञ्छना लगाउने गरेको आरोपमा साइबर ब्युरोमा केही दिन अघि उजुरी परेको थियो । सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको बुझिन आएको छ ।
सम्बन्धित
















यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
आज केही स्थानमा वर्षा र हिमपात हुने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
प्रतिक्रिया