ठेक्का लिएर काम नगर्ने पाँच निर्माण कम्पनी कालोसूचीमा
मेरोन्यूज
२०७९ फागुन ८ गते १४:०४

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले ५ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।
कार्यालयले सोमबार सूचना जारी गर्दै विभिन्न सार्वजनिक निकायहरुले कालोसूचीमा राख्न गरेको सिफारिसका आधारमा ठेक्का लिने तर काम नगर्ने ५ कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको छ।
कालोसूचीमा राखिएका कम्पनीहरुमा इन्जिनियर्स कन्स्ट्रक्सन एण्ड माइन्ड क्राफ्ट, मुडभरी एण्ड जोशी कन्स्ट्रक्सन, गुण निर्माण सेवा, जय गढीमाई निर्माण कन्स्ट्रक्सन र कल्पना कन्स्ट्रक्सन छन्।
यी निर्माण कम्पनीहरुले २ वर्षसम्म सार्वजनिक खरिद कार्यमा सहभागिता जनाउन नपाउने कार्यालयले जनाएको छ।
सम्बन्धित
















ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
स्ट्याक्स नेपालले टि-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
प्रतिक्रिया