शनिबार, माघ १७, २०८२

वृद्धभत्ता नदिएको भन्दै ७० वर्षीय वृद्धको हत्या

मेरोन्यूज २०७९ फागुन ८ गते १७:५३

काठमाडौँ । महोत्तरी गाउँपालिका ३ मडैमा बस्ने ७० वर्षीय शिव महराको चक्कु प्रहार गरी हत्या गरिएको छ । सोमबार दिउँसो उनको मृत्यु भएको हो ।

वृद्धभत्ताको पैसा नदिएको विषयलाई लिएर उनकै भतिज ३० वर्षीय विजेन्द्र महाराले तिघ्रामा चक्कु प्रहार गर्दा शिवको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाको खबर प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय महोत्तरी र इलाका प्रहरी कार्यालय कटिकटैयाबाट खटिएको प्रहरीले हाल फरार घटनामा संलग्न बिजेन्द्रको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया