बुधबार, चैत ११, २०८२

महानगरभित्रका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएका छौँ : उपमेयर डंगोल

मेरोन्यूज २०७९ फागुन ९ गते १५:५६

काठमाडौँ । काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले महानगरभित्र सञ्चालित उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएको बताएकी छन् । मंगलबार ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौँको सातौँ वार्षिक साधरणसभामा बोल्दै उपमेयर डंगोलले यस्तो बताएकी हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

उनले महानगरले व्यवसायलाई प्रोत्साहन गर्नका लागि व्यवसायीहरूले आफ्नो व्यवसाय व्यवस्थित बनाउन जरुरी रहेको बताएकी थिइन् । उनले महानगरभित्र व्यापार व्यवसाय गर्ने धेरैले अनौपचारिक रुपमा गरिरहेको भन्दै औपचारिक दायरामा आउनको लागि व्यवसाय दर्ता गर्न आग्रह गरिन् ।

‘काठमाडौँ महानगरभित्र रहेका उद्योग व्यवसायहरुलाई प्रोत्साहन गर्ने महानगरको उद्देश्य रहेको छ, व्यवसायीहरुले आफ्नो व्यवसायलाई व्यवस्थित बनाउनु जरुरी छ, अहिले कतिले अनौपचारिक रुपमा व्यापार व्यवसाय गरिरहनु भएको छ,’ उनले भनिन्, ‘व्यवसायीहरुले महाननगरभित्र व्यवसाय गर्दा व्यवसाय दर्ता गर्नु भएको छैन भने औपचारिक दायराभित्र आउन अनुरोध गर्न चाहन्छु, धेरैलाई लाग्न सक्छ व्यवसाय दर्ता गर भन्दा कर तिर भनेको भन्ने लाग्न सक्छ, करको दायरामा आउनु भनेको करको दायरा फराकिलो बनाउँदै जाँदा दर पनि घटाउँदै जान सक्छौं, त्यो राम्रो पक्ष छ ।’

उनलेले व्यवसाय दर्ताको रेकर्ड हेर्दा ५० वटा हुने तर काम गरिरहेको पााच हजार बढी रहेको पाइएको बताइन् । उनले व्यवसायलाई व्यवस्थित बनाउन महानगरले योजना बनाउँदा धेरै व्यवसाय दर्ता नहुँदा नीति तथा कार्यक्रम फेल हुने गरेको उल्लेख गरिन् ।

प्रतिक्रिया