‘द भ्वाइस किड्स नेपाल’ को हाइजिन पाटर्नरमा लाइफबोई

काठमाडौं । लाइफबोईले लोकप्रिय सांगीतिक कार्यक्रम ‘द भ्वाइस किड्स नेपाल’ को दोस्रो सिजनसँग आफ्नो सहकार्यको घोषणा गरेको छ । जसलाई शोको हाइजीन पार्टनरका रूपमा सहभागी सबै प्रतियोगी, निर्णायक र क्रु मेम्बरहरूको स्वास्थ्य सुरक्षा र स-कुशलतालाई प्रोत्साहन गर्ने जिम्मेवारी दिइएको छ।
यसै क्रममा लाइफबोईले यस कार्यक्रमका दर्शकहरुलाई जीवनमा स्वच्छ र स्वस्थ्य बानी बारे सचेत गराउँदै यसको महत्वलाई स्थापित गर्ने लक्ष्य राखेको छ ।
द भ्वाइस किड्स नेपाल विश्वव्यापी गायन रियालिटी शो द भ्वाइस किड्सको नेपाली संस्करण हो । यस कार्यक्रमको पुनरावृत्तिका जजहरू मिलन नेवार, प्रविशा अधिकारी, सुशान्त केसी र प्रमोद खरेल रहेका छन् । कार्यक्रमको पहिलो एपिसोड १० मार्च २०२३ (फागुन २६, २०७९) मा प्रसारण गर्नेगरी योजना बनाइएको छ । साथै यो कार्यक्रम हप्ताको दुई दिन प्रत्येक शुक्रबार र शनिबार हिमालय टीभीमा रातीको ८ बजे प्रसारण हुनेछ ।
लाइफबोई एक विश्वव्यापी प्रसिद्ध साबुन ब्रान्ड हो, जुन मानिसहरूले सरसफाई, स्वास्थ्य र हात धुनका लागि प्रयोग गर्दै आएका छन् । लाइफबोईको शुरु सन् १८९४ मा भएको थियो । उक्त समय विलियम लिभरले एक उत्पादन सिर्जना गरेर यसको शुरुवात गरेका थिए । जसले किफायती रूपमा हाइजिनिक आवश्यकताको पूर्ति गर्न मद्दत ग¥यो ।
यसको हाइजिन प्रवद्र्धन गर्ने र रोगको फैलिनबाट रोक्ने प्रतिवद्धता आजसम्म विश्वमा प्रचलित छ । लाइफबोई अहिले संसारको सबैभन्दा लोकप्रिय साबुन ब्रान्ड हो, जसले मानिसहरूलाई सर–सफाईमा उत्प्रेरित र शिक्षित गर्नुका साथै साबुनले हात धुनेको फाइदाहरू प्रवद्र्धन गर्ने उद्देश्य राख्छ ।
















ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ शेयर निस्कासन गर्ने
तेल वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति रुस जाँदै
चौतर्फी आलोचनापछि युट्युबर रोशन पोखरेल रिहा
आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
प्रतिक्रिया