‘द भ्वाइस किड्स नेपाल’ को हाइजिन पाटर्नरमा लाइफबोई

काठमाडौं । लाइफबोईले लोकप्रिय सांगीतिक कार्यक्रम ‘द भ्वाइस किड्स नेपाल’ को दोस्रो सिजनसँग आफ्नो सहकार्यको घोषणा गरेको छ । जसलाई शोको हाइजीन पार्टनरका रूपमा सहभागी सबै प्रतियोगी, निर्णायक र क्रु मेम्बरहरूको स्वास्थ्य सुरक्षा र स-कुशलतालाई प्रोत्साहन गर्ने जिम्मेवारी दिइएको छ।
यसै क्रममा लाइफबोईले यस कार्यक्रमका दर्शकहरुलाई जीवनमा स्वच्छ र स्वस्थ्य बानी बारे सचेत गराउँदै यसको महत्वलाई स्थापित गर्ने लक्ष्य राखेको छ ।
द भ्वाइस किड्स नेपाल विश्वव्यापी गायन रियालिटी शो द भ्वाइस किड्सको नेपाली संस्करण हो । यस कार्यक्रमको पुनरावृत्तिका जजहरू मिलन नेवार, प्रविशा अधिकारी, सुशान्त केसी र प्रमोद खरेल रहेका छन् । कार्यक्रमको पहिलो एपिसोड १० मार्च २०२३ (फागुन २६, २०७९) मा प्रसारण गर्नेगरी योजना बनाइएको छ । साथै यो कार्यक्रम हप्ताको दुई दिन प्रत्येक शुक्रबार र शनिबार हिमालय टीभीमा रातीको ८ बजे प्रसारण हुनेछ ।
लाइफबोई एक विश्वव्यापी प्रसिद्ध साबुन ब्रान्ड हो, जुन मानिसहरूले सरसफाई, स्वास्थ्य र हात धुनका लागि प्रयोग गर्दै आएका छन् । लाइफबोईको शुरु सन् १८९४ मा भएको थियो । उक्त समय विलियम लिभरले एक उत्पादन सिर्जना गरेर यसको शुरुवात गरेका थिए । जसले किफायती रूपमा हाइजिनिक आवश्यकताको पूर्ति गर्न मद्दत ग¥यो ।
यसको हाइजिन प्रवद्र्धन गर्ने र रोगको फैलिनबाट रोक्ने प्रतिवद्धता आजसम्म विश्वमा प्रचलित छ । लाइफबोई अहिले संसारको सबैभन्दा लोकप्रिय साबुन ब्रान्ड हो, जसले मानिसहरूलाई सर–सफाईमा उत्प्रेरित र शिक्षित गर्नुका साथै साबुनले हात धुनेको फाइदाहरू प्रवद्र्धन गर्ने उद्देश्य राख्छ ।









ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो निगरानी यन्त्र तोडेर भाग्न खोजेको आरोपमा पक्राउ
निर्वाचनका लागि दलहरूले निवेदन दिने क्रम जारी
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
सुरु भयो क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माण
महेश बस्नेतमाथि विराटनगरमा आक्रमण प्रयास
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया