बुद्ध एअरले फागुन २५ देखी भद्रपुर–पोखरा उडान भर्ने

पोखरा। बुद्ध एयरले आगामी मार्च ९ अर्थात २५ फागुन देखि भद्रपुर देखी पोखरासम्म सिधा हवाई उडान भर्ने भएको छ ।
काठमाडौ, भैरहवा, नेपालगञ्ज नियमित उडान गरिरहेको बुद्ध एअरले अब पोखराबाट पनि जहाज भद्रपुरका लागि उडान भर्नेछ ।
पोखरा स्टेशन म्यानेजर गौतम बरालका अनुसार अब पोखराबाट बिहान ६:१५ मा जहाज भद्रपुरका लागि र पोखराका लागि भने बेलुकी ६:५५ मा उडान भर्ने गरी तयारी गरिएको हाे। सो हवाइ उडान दुरी एक घण्टा १० मिनेटको हुनेछ ।
पोखरा बास बस्नेगरी विभिन्न गन्तव्यबाट यात्रु पोखरासम्म आउने भएपछि भद्रपुर–पोखरा उडान साँझ राखिएको उनको भनाई छ । उनका अनुसार पोखरामा जस्तो भद्रपुरमा यात्रु तथा पर्यटक बस्नका लागि पुर्वाधार नभएकाले साँझ उडान गराउन खोजिएको हो ।
म्यानेजर बरालका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरका चार जहाज रात्रिकालीन समयमा विमानस्थलमा हुनेछन् ।
















Textbooks arrive in Karnali before start of new academic session
सवारी चालक अनुमतिपत्र छपाइ तीव्रगतिमा जारी
नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु
लेबनानमा भएको इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
प्रतिक्रिया