चलचित्र पत्रकार संघबाट १८ सदस्यको सामुहिक राजिनामा

चलचित्र पत्रकार संघमा निर्वाचित अध्यक्ष समिर बलामीको नेतृत्वमा आफूहरू संघमा बस्न नसक्ने भन्दै २० सदस्यले सामुहिक राजिनामाको घोषणा गरेका छन् ।
संस्थाकै साधारण सदस्यविरुद्ध यौन दुव्यवहारको मुद्दामा संघ आफैले अनुसन्धान गरिरहेको व्यक्तिको नेतृत्व आफूहरूलाई स्वीकार्य नभएको सदस्यहरूले सामुहिक राजीनामा उल्लेख गरेका छन् ।
‘हामीले निज नवौँ महाधिवेशनबाट अध्यक्षको उम्मेदवार भइरहँदा समेत बन्दसत्रमा विरोध गरेका थियौँ। र निजबाट दुर्व्यवहारमा परेकी सदस्यले दाबीविरोध समेत गरेकी थिइन्। विरोधका बाबजूद पनि बलामीको उम्मेदवारी कायम राखी विजयी समेत भएको अवस्थामा हामी तपशिलका सदस्यहरूले संघमा रहन असुरक्षीत महसुस गरेका छौँ। यौन दुर्व्यवहारको आक्षेप लागेर मुद्दा किनारा नलागिसकेको अवस्थामा बलामीकै नेतृत्वमा संघमा बसिरहन असुरक्षीत, असहज र नैतिक रुपमा सकसको अवस्था भएकाले हामीले राजीनामा पेश गरेका छौँ,’ उनीहरूले राजीनामा पत्रमा लेखेका छन् ।
उनीहरूले बिहीबारबाट चलचित्र पत्रकार संघ नेपालमा नरहेको घोषणासमेत गरेका छन् ।


















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया