पल शाहलाई सफाइ दिएको विरोधमा प्रदर्शन
मेरोन्यूज
२०७९ फागुन १९ गते १४:३४

पोखरा । बाल यौन दुरुपयोगको मुद्दामा जिल्ला अदालत नवलपुरबाट दोषी ठहर भएका अभिनेता पल शाहलाई सफाइ दिएको फैसला विरुद्ध उच्च अदालत पोखरामा प्रदर्शन भएको छ ।
कलाकार शाहलाई अदालतले गलत नजिरको प्रतिपादन गरेर फैसला गरेको भन्दै एक समूहले शुक्रबार उच्च अदालत पोखरामा विरोध प्रदर्शन गरेको हो ।
गलत नजिर प्रतिपादन गर्न बन्द गर’, ‘पितृसत्ताको पहरेदार बनेका न्यायालय होसियार’, ‘न्यायालयलाई गल्ती गर्ने छुट छैन’ भन्दै प्रदर्शन गरेका हुन् । अदालतले गरेको फैसलाले न्यायको पर्खाइमा बसेका पीडितहरूलाई अन्याय गरेकाले उक्त फैसलालाई तत्काल फिर्ता गर्नुपर्ने उनीहरूको माग छ ।
फागुन १४ गते न्यायाधीश द्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोग दाबी नपुग्ने भन्दै आइतबार कलाकार शाहलाई सफाइ दिएको थियो ।
सम्बन्धित
















सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा निर्देशन
नेता बाँस्कोटाको व्यंग्य-‘मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ’
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया हुँदै
कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया