‘छक्का पञ्जा-४’ र ‘छड्के-२’ ले दुई दिनमा कति कमाए ?

काठमाडौं । शुक्रबारबाट देशव्यापी रुपमा प्रदर्शनमा आएका चलचित्र ‘छक्का पञ्जा-४’ र ‘छड्के-२’ ले रिलिजको दुई दिन पार गरिसकेका छन् । रिलिज अघि नै यि चलचित्र यस वर्षकै सुपरहिट फिल्म रहने अनुमान गरिँदै आएको थियो ।
दुईटै चलचित्र देशभरिबाट ८-१० दजर्न हलबाट प्रदर्शनमा आएका हुन् । सिङ्गल स्क्रिनमा यि दुबै चलचित्रले बराबर शो पाएका थिए भने मल्टिप्लेक्समा अनमोल केसी स्टारर छड्के-२ भन्दा दिपक दिपाको छक्का पञ्जा-४ ले बढी शो पाएको छ ।
त्यस्तै, बक्स अफिसको मामिलामा पनि ‘छक्का पञ्जा-४’ ले ‘छड्के-२’ लाई निकै पछाडि छोडिसकेको जानकारी आएको छ ।दर्शकहरुले पनि ‘छक्का पञ्जा ४’ को निकै तारिफ गरिरहेका छन् भने अनमोल अभिनित फिल्मको कथाबस्तु लाई खासै नरुचाएको प्रतिक्रीया देखाएका छन् ।
रिलिजको पहिलो दिन छक्का पञ्जा-४ ले बम्पर ओपनिङ गरेकाे थियो । छड्के-२ भने पहिलाे दिन मै कमजोर देखिएको थियो ।
रिर्पोटका अनुसार पहिलो दिनमा दिपक दिपाकाे फिल्मले एक करोड भन्दा माथीको कलेक्सन गरेको थियो । यता अनमोल स्टारर फिल्मले २० लाखको कलेक्सन पनि गर्न सकेन ।
त्यस्तै, दोश्रोदिन पनि छड्के-२ हेर्ने दशर्क खासै थिएनन् भने छक्का पञ्जा-२ ले हाउसफुल पाइरहेको थियो ।
दोश्रो दिनमा अनमोलको फिल्मले २२-२५ लाखको व्यापार गरेको अनुमान गरिएको छ । यसको आधिकारीक रिर्पोट भने आइसकेको छैन । यो फिल्मका दर्शक आइतबारबाट अझै घट्ने अनुमान गरिएको छ । हलमा यो फिल्म हेर्ने दर्शक कम अाउनाले शो पनि कटाइदै गएको छ ।
त्यस्तै, दोस्रेदिन छक्का पञ्जा-४ ले पहिलो दिनको दुइ गुणा कमाइ गरेको खबर प्राप्त भएको छ । जानकारी अनुसार यो फिल्मले दोस्रोदिन दुई करोड भन्दा माथी कलेक्सन गर्न सफल भएकाे छ ।
आइतबार पनि यो फिल्मले बम्पर ब्यापार गर्ने अनुमान गरिएको छ । सोमबार सार्वजनिक बिदा भएकोले पनि यसका दर्शक बढ्दै जाने अनुमान गरिएको छ ।
















मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
प्रतिक्रिया