माधव नेपालका भाइ उपाध्यायको शव २ घण्टा पार्टी कार्यालय आलोकनगरमा राखिने

काठमाडौँ ।नेकपा (एकिकृत समाजवादी)का केन्द्रीय कमिटी सदस्य इन्जिनियर सरोजकुमार उपाध्यायको पार्थिक शरीरलाई अन्तिम श्रद्धान्जलीको लागि आज दिउॅसो १ देखि ३ बजेसम्म दुई घण्टा पार्टी केन्द्रीय कार्यालय, आलोकनगर तिनकुनेमा राखिने भएको छ ।
एकीकृत समाजवादीको केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार आजै ४ बजे पशुपति आर्यघाटमा उपाध्यायको अन्तिम सॅस्कार गरिनेछ ।
उपाध्याय एकीकृत समाजवादीका पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका भाइ हुन् । स्वर्गीय उपाध्यायका दुई छोरीहरु बिहान ११ः४० बजे विदेशबाट काठमाडौं आइपुगेका छन् ।
उपाध्याय शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेका थिए । खसेपछि उनलाई तत्काल उद्दार गरेर सिभिल अस्पताल लगिएको थियो ।
त्यहाँबाट अन्नपूर्ण अस्पताल लगिएको थियो । अन्नपूर्ण अस्पतालमा उनको उपचारका क्रममा निधन भएको थियो ।
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया