सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । काठमाडौँ सर्लाही र धनुषामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-३२ कोटेश्वरमा प्रदेश ३-०२-००९ प ७००६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका-५ ताथली बस्ने ४२ वर्षीय मधुकर बालाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको काठमाडौं मेडिकल कलेज सिनांमगलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार अन्य १ जना महिलाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सर्लाही, बलरा नगरपालिका-२ हथियौलमा एचआर २६ सिएच ९७०६ नम्बरको भारतीय कारको ठक्करबाट सोही ठाउँ बस्ने हरेशर सहनीको छोरी १८ महिनाकी माया कुमारीकोको सोमबार साँझ मृत्यु भएको छ । कारको ठक्करबाट गम्भिर घाइते भएकी उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा, मिथिला नगरपालिका-१० लालगढमा प्र.२-०२-००३ प ७७४३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ पुरुषको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको जानकी हेल्थ केयर जनकपुरधाममा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रतिक्रिया