यूएईले पिएनजीबाट पायो २३५ रनको लक्ष्य
मेरोन्यूज
२०७९ चैत १ गते १३:५०

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा पपुवा न्युगिनी पीएनजीले यूएईलाई २३५ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २३४ रन बनायो । पीएनजीका कप्तान अर्सद भालाले सर्वाधिक ६५ रन बनाए । उनले ९५ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।
२२ रन बनाउँदा दुई विकेट गुमाएको अवस्थामा ब्याटिङमा आएका भालाले पीएनजीलाई उकासको हुन् ।
आक्रमक ब्याटिङ गरेका रिले हेकुरेले २२ बलमा ३३ रन बनाएर रन आउट भए । सातौं क्रममा ब्याटिङ गर्न आएका बलिङ अलराउन्डर नोमान भनुवाले ३१ बलमा ४९ रन बनाउँदै अविजित रहे । न
यूएईका लागि हजरत विललाले सर्वाधिक ४ विकेट लिए । उनले १० ओभरमा ४७ रन खर्चिए । रोहन मुस्तफा र जवार फरिदले समान १–१ विकेट लिए ।
सम्बन्धित
















Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
विश्वशान्तिको कामना गर्दै कालीगण्डकी किनारमा दुई करोड ५० लाख दीप प्रज्ज्वलन
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया