पूर्व क्रिकेटर गौचन भन्छन्- उत्साहीत नबनौँ, सम्हालिएर खेले सुखद् नतिजा आउनेछ (अन्तर्वार्ता)

पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टोलीले उच्च नतिजा हात पारिरहेको छ । खेलेका ११ खेलमध्ये १० खेल जितेको छ भने एक खेलमा मात्रै हार व्यहोर्नुपरेको छ । नेपालमा नै भएको स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक सिरिज होस् वा युएईमा भएको युएई र पपुवान्युगिनीसँगको खेल होस् ।
आज नेपालले लिग टुको अन्तिम खेल युएईसँग खेल्दैछ । त्रिमुवन विश्वविद्यालयको खेल मैदानमा बिहान ९ः३० बजेबाट शुरु हुने खेलमा नेपालले जित हात पार्नैपर्ने दबाब छ । नेपालले युएईलाई आजको खेलमा हराए टेस मान्यता प्राप्त राष्ट्रहरुसँग खेल्न पाउनेछ । आजको खेलको बारेमा हामीले नेपाली राष्ट्रिय टिमका पूर्वखेलाडी शक्ति गौचनसँग यसै सन्दर्भमा केन्द्रित रहेर कुराकानी गरेका छौँ ।
गौचनले नेपालले आजको खेलमा धेरै एक्साइटेड हुनुपर्ने अवस्था नरहेको बताए । उनले सम्हालिएको प्रदर्शन र विगतका खेलहरुलाई निरन्तरता दिए आज पनि नेपालले सुखद् नतिजा निकाल्ने बताए । उनले नेपाली टिम यति धेरै सफलताको शिखर चुम्न सक्नुमा प्रशिक्षक र खेलाडीहरुको मेहनतका साथै खेलाडीहरुमा पछिल्लो समय देखिएको एकता नै रहेको बताए ।
उनले नेपालका खेलाडीहरुमा अनुभव पनि बढ्दै जाँदा नतिजा सोचेअनुसार नै आएको र प्रशिक्षक र कप्तानको योजना सफल बनिरहेको पनि बताए । पूर्वक्रिकेटर गौचनले सुखद् नतिजा निकाल्दै छनोट यात्रा तय गरेको अवस्थामा ट्वान्टी–२० पछिको सबै भन्दा यादगार क्षण हुने बताए ।
पछिल्ला खेलमा नेपालले निकालेका सफलतालाई कसरी लिनुभएको छ ?
नेपाली टोलीले पछिल्लो समय पाएको सफलता निकै सकारात्मक छ । यसअघि पनि खेल त्यस्तो बिग्रिसकेको भने थिएन । त्यो बीचमा टोलीमा समावेश भएको केही खेलाडीमा अनुभवको कमी थियो । सो अवस्था हामी अनुकुल थिएन । अहिले आएर टोली सम्हालिएको छ । केही उतारचढाव टोलीमा हुन्छन् ।
अहिले सम्हालिएको छ । भोलि हुने ३६ औं खेलमा खेलाडीले धेरै अनुभव बटुलिसकेका छन् । सो क्रममा ११ खेल खेल्दा १० खेलमा नतिजा निकाल्न सफल भएको छ । बिहीवार नेपालले युएईसँग लिगको अन्तिम खेल खेल्दैछ । जुन खेल निकै अर्थ पूर्ण तरिकाले हेरिनेछ । खेल ऐतिहासिक हुनेछ । जित निकाल्दै विश्वकप छनोटमा स्थान बनाउनेछ ।
पछिल्लो समय नेपाली टोलिले प्राप्त गरेको सफलताको रहस्य के हुनसक्छ ?
अहिले टोली एक भएको छ । खेल्दा खेल्दा नयाँ खेलाडीले अनुभव बटुलिसकेका छन् । पछिल्लो १० खेलको नतिजाबाट खेलाडीमा अनुभव मिलेको देखियो । अहिलेको अवस्थामा नेपाली टोली नतिजा अनुकुल भइरहेको छ । अहिले जुन टोलीसँग खेले पनि नतिजा निक्लिन्छ भन्ने लागेको छ ।
यो अवस्था आउन खेलाडीको अथक मेहनत छ । उनीहरुको कडा मेहनत देखिएको हो । खेलाडीले वर्षौंदेखि गरेको हात पार्न गरेको मेहनत मैदानको खेलबाट देखिएको छ । सबै संयन्त्रबाट सही काम भएको अवस्थामा सफलता मिल्न भन्ने यसबाट सन्देश मिलेको छ ।

यसअघि बलिङ पक्ष राम्रो भनिन्थ्यो तर अहिले अन्तिमसम्म पनि ब्याटिङ लाइन राम्रो देखिएको छ, पर्दापछाडिको रहस्य नयाँ प्रशिक्षक हुन् कि अन्य कुनै कारण पनि छन् ?
यो अवस्थामासम्म आइपुग्दा सबै विषय जोडिएका छन् । खेलाडीको मेहनत हुने नै भयो । अर्को भनेको अन्तर्राष्ट्रिय स्तरमा ब्याटिङको अनुभव हो । कुनैपनि खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा मौका पाउनु नै सुधारका लागि अवसर हो । अहिले टिममा नयाँ जोश छ । नयाँ लक्ष्यका साथ टोली अगाडि बढीरहेको छ । टिमको एक मात्र लक्ष्य भनेको विश्वकप छनोटमा स्थान बनाउने रहेको छ । सँगै जोडिनुभएका प्रशिक्षक मोन्टी देशाई हुन् ।
उहाँसँग मैले ४/५ वटा भ्रमण गरेको छु । उहाँ ब्याटिङ प्रशिक्षक र कन्सल्टेन्टको रुपमा जोडिनुभएको थियो । सो क्रममा मैले धेरै नयाँ कुरा सिकेको छु । उहाँ निकै सजिले र सरल तरिकाले सिकाउने प्रशिक्षक हुनुहुन्छ । साथै उहाँले ठूला विषयलाई सहज तरिकाले सल्टाउनसक्ने क्षमता राख्नुहुन्छ । उहाँको यही खुबी नै अहिलेको टीममा परेको हो जस्तो लाग्छ । यस्तै यस्तै विषयको समिश्रणले गर्दा टोली लयमा देखिएको छ ।
नेपालले बिहीवार लिगकै अन्तिम खेल युएईसँग खेल्दैछ, जुन निकै महत्वपूर्ण छ, उक्त खेलको अनुमान के छ ?
नेपालले बिहीवार युएईसँग खेल्दै गर्दा म निकै उत्साहित छु । यो उत्साह म मात्रै छैन समग्र नेपाल पनि यस खेलमा उत्साहित छ । सबै नेपाली प्रतिक्षामा छ । उत्साहलाई खुशीयालीमा परिणत गर्न पाउँ भन्ने छ । सुखद् नतिजा निकाल्दै छनोट यात्रा तय गरेको अवस्थामा ट्वान्टी–२० पछिको सबै भन्दा यादगार क्षण हुनेछ । यो क्षण २०१४ पछिको हुनेछ । २०१४ मा नेपालले ट्वान्टी खेलेको थियो । युएईसँगको खेलपछि नेपाली टोलीले समग्र नेपालीलाई खुशी अवश्य नै दिनेछ ।
टस कतिको महत्वपूर्ण हुनेछ ?
टस खासै महत्वपूर्ण हुँदैन । तर विकेटको हिसाबले महत्वपूर्ण हुनेछ । टस जिते राम्रो हुने हारे नराम्रो भन्ने हुँदैन । हामी जसरी भएपनि यो खेलमा सुखद् नतिजा निकाल्ने हो । अहिलेको टोलीमा जोश र जाँगर छ । टोलीले लक्ष्य निर्धारण गरेको छ । जति सक्दो राम्रो खेल्ने हो । योजनवद्ध तरिकाले खेल्यौं भने अवश्य नै नतिजा पोल्टामा पर्छ । बल बाई बल अगाडि बढ्नुपर्छ । रणनीति अनुसार खेल्दा अपेक्षा गरिएको सफलता पाउनेछौं ।
विपक्षी टोलीबिरुद्ध कस्तो रणनीति हुन्छ होला ?
कुनैपनि खेलमा विपक्षीसँग कस्तो खेल्ने भन्ने विषयमा टिम म्यानेजमेन्ट, प्रशिक्षक र कप्तानले निर्धारण गरेको हुन्छ । बाहिर बसेर धेरै कुरामा टिप्पणी गर्नसक्छौं । सबै विषयमा मूल्यांकन ड्रेसिङ रुममा भएको हुन्छ । अघिल्ला खेलमा प्राप्त नतिजाको आधारमा भन्नुपर्दा युएईलाई अन्तिम खेलमा पराजित गर्न कठिन हुनेछैन । सहज तरिकाले हामीले नतिजा निकाल्न सक्छौं ।
समर्थक र खेलाडीलाई सुझाव के छ ?
जुन लयका साथ टोलीले खेलिरहेको छ त्यो लयलाई निरन्तरता दिन आग्रह गर्दछु । कप्तानले पनि राम्रो तरिकाले टोलीको नेतृत्व सम्हालिरहनुभएको छ । धेरै उत्साहित हुनेपर्ने अवस्था होइन । बलबाई बल केन्द्रित रहेर खेल्दा नतिजा हाम्रै पक्षमा पर्छ । अघिल्ला खेल लिएको लयलाई निरन्तरता दिनु राम्रो हुन्छ ।









राजधानीमा एमालेको प्रदर्शन
वाटको विस्फोटक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत
लुम्बिनीविरुद्ध कर्णालीका मार्क वाटको विस्फोटक शतक
भियतनाममा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो
एनपिएलः कर्णालीले पायो १५७ रनको लक्ष्य
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया