आइतबार, चैत २९, २०८२

मातृका आचार्य र समिक्षा अधिकारीको स्वरमा ‘प्रेमको झिरैमा’

मेरोन्यूज २०७९ चैत २ गते १४:०४

काठमाडौँ । के पी दंगाल ‘गोकुल’को दोस्रो सांगितीक प्रस्तुति ‘प्रेमको झिरैमा’ बोलको गीत बजारमा आएको छ । उक्त गीतको म्युजिक भिडियो पारिजात नेपालको अफिसियल युट्युब च्यानलमार्फत बजारमा सार्वजनिक गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यस अघि पनि सर्जक दंगालको पहिलो सांगितीक कोशेली ‘निर्मोही’ नामको आधुनिक गीत गायक प्रमोद खरेलको स्वरमा म्युजिक नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक भैसकेको छ।

मातृका प्रसाद आचार्य र गायिका समिक्षा अधिकारीको आवाजमा रहेको उक्त गीत पुरुषोतम न्यौपानेको संगीत साथै संगीत संयोजन, किशोर थापाको ध्वनी सम्पादनमा तयार भएको हो भने गीतलाई ए वान म्युजिसियन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको म्युजिक भिडियोमा के पी दंगाल गोकुल’ र स्मारिका ढकालको अभिनय रहेको छ ।

प्रेम लामाले छायाङ्कन र निर्देशन गरेको म्युजिक भिडियोलाई प्रेम नाथ श्रेष्ठले ड्रोन छायाङ्कन गर्नुभको छ।उक्त गीतमा अर्जुन सिलवालले कोरियोग्राफी, अजय लामाले प्रोडक्सन म्यानेज र टेकेन्द्र शाहले सम्पादन गरेका हुन ।

प्रतिक्रिया