चलचित्र कलाकार संघमा मोहन निरौला र रेजिना उप्रेती चुनाव भिड्दै
चलचित्र कलाकार संघको नेतृत्वका लागि मोहन निरौलाको प्यानल घोषणा

काठमाडौं । नेपाली चलचित्र कलाकार संघको नेतृत्वका लागि मोहन निरौलासहितको प्यानल घोषणा भएको छ ।
बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । निरौलाको प्यानलबाट उपाध्यक्षमा धनबहादुर बम्जन (डीबी) र कविता गेलाल छन् । महासचिवमा सविन श्रेष्ठ, सचिवमा रामेश्वर बुर्लाकोटी रहेका छन् ।
त्यस्तै कोषाध्यक्षमा सुनिल कटुवाल र सहकोषाध्यक्षमा पवित्रा आचार्य छन् । सहकोषाध्यक्षमा उम्मेदवारी दिएकी आचार्य निर्विरोध निर्वाचित भइसकेकी छिन् । सदस्यहरुमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जंगम, बबिता ढकाल, सुनिलकुमार पुरी, गोपीलाल तामाङ, निर्मल स्याङ्तान र समीर लामा छन् ।
अध्यक्ष पदका उम्मेदवार निरौलाले कलाकार संघको भवन तथा कार्यालय व्यवस्थापन, सदस्यतासहित सामाजिक सुरक्षा, वृत्तिविकासलाई आफ्नो एजेण्डा भएको बताएका छन् ।
निरौला संघका वर्तमान उपाध्यक्ष तथा प्रवक्ता समेत हुन् । कार्यक्रममा बोल्दै उम्मेदवार निरौलाले लैंगिक तथा यौन हिंसाबिरुद्ध शुन्य सहनशीलताको नीति लिने, मातृ भाषी चलचित्रका कलाकारलाई संघमा आवद्ध गराउने नीति लिने बताए ।
उनले विभिन्न देशमा रहेका मौजुदा शाखाको बिस्तार गरी विश्वभर छरिएका कलाकारहरुलाई एक सूत्रमा बाँध्ने आफ्ना एजेण्डा रहेको बताए ।
कार्यक्रममा बोल्दै वरिष्ठ अभिनेत्री वसुन्धरा भुसालले महिला र पुरुष भनेर टुट्नु नहुने बताए । उनले अध्यक्ष पदमा उठ्ने अर्को पक्षलाई उम्मेदवारी फिर्ता लिएर निरौलालाई सघाउन आग्रह गरे । उनले नयाँ मात्रै आएर नेतृत्व सम्हाल्न नसकिने बताए ।
त्यस्तै वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीले कलाकार संघ भनेको लिने नभइ दिने ठाउँ रहेको बताएन् ।
उनले सबै मिलेर कलाकार संघको अध्यक्षमा उम्मेदवार निरौलालाई जिताउन आवश्यक रहेको बताए ।
कलाकार संघको अध्यक्षमा बुधवार रेजिना उप्रेतीले पनि प्यानल घोषणा गरेका छन् ।
कलाकार संघको नेतृत्वका लागि शनिवार चुनाव हुँदैछ ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया