कोशीले मधेस प्रदेशलाई दियो १०६ रनको लक्ष्य
मेरोन्यूज
२०७९ चैत १४ गते १५:४३

काठमाडौँ । राजधानीमा जारी ललितपुर मेयर कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेस प्रदेशलाई जितका लागि १०६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा कोशी प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँँदै १०५ रनको योगपफल बनायो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३९ रनको योगदान दिइन् । उनले ३८ बल खेल्दै छ चौकाको मद्दतमा ३९ रन बनाइन ।
त्यसैगरी, काजल श्रेष्ठले २२, अप्सरी बेगमले १९ तथा स्मृति कटुवालले १० रन बनाइन । बलिङतर्फ मधेश प्रदेशकी सन्तोषी चौधरी, अमिरन निसा र अमिसा पटेलले समान दुई/दुई विकेट लिए ।
आजको खेलमा कोशी प्रदेश विजयी भए फाइनलमा पुग्नेछ । मधेस प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
सम्बन्धित
















जनअपेक्षा अनुसार काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
ओली पक्राउको विरोध गर्ने ७ जना एमाले कार्यकर्ता पक्राउ
जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
ग्रीसको समुन्द्री तटमा फसेको डुङ्गामा ६ दिन पछि २२ जना आप्रवासीको मृत्यु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
प्रतिक्रिया