चर्चित र्यापर बादशाह दोस्रो विवाह गर्दै

काठमाडाैं । चर्चित र्याप गायक बादशाहले दोस्रो विवाह गर्न लागेको खबर सार्वजनिक भएको छ ।
भारतिय सञ्चारमाध्यमका अनुसार, बादशाह लामो समयदेखि अभिनेत्री ईशा रिखीसँग प्रेममा छन् । उनहिरु एकअर्काका लागि निकै गम्भीर रहेको र छिट्टै विवाह गर्ने खबर आइरहेका छन्। विगतमा बादशाहसँग काम गरिसकेका म्युजिक लेबलका एक कर्मचारीले पनि यसबारे पुष्टि गरेका छन् ।
गत वर्ष बादशाह र इशा रिलेशनशिपमा रहेको खबर इन्टरनेटमा छाएको थियो । तर, यि दुवैले यसबारे केहि प्रतिकृया दिएका थिएनन् ।
रिपोर्टका अनुसार बादशाहले विवाहको किनमेल पनि सुरु गरिसकेका छन् । विवाहको बारे उनका परिवारका सदस्य र नजिकका साथीलाई मात्र थाहा भएको बताईएको छ। यो खबर बाहिरिएसँगै सामाजिक सञ्जालमा हलचल मच्चिएको छ ।
यो बादशाहको दोस्रो विवाह हुन लागेको हो । उनले पहिलो विवाह जस्मिन मसिहसँग गरेका थिए । उनीहरुकी एक छोरी जेसामी ग्रेस मसिह सिंह छन्, जसको जन्म २०१७ मा भएको थियो। बादशाह र जस्मिन सन् २०२० मा अलग भएका थिए । उनीहरुको सम्बन्धविच्छेदको कारण भने अहिलेसम्म खुलेको छैन ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया