रेड्मी नोट १२ र रेड्मी नोट १२ प्रो ५ जी अब नेपालमा
मेरोन्यूज
२०७९ चैत २१ गते ११:५८

काठमाडौं । शाओमीले रेड्मी नोट १२ सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ । यस वर्ष रेड्मी नोट १२ सिरिज अन्तर्गत रेड्मी नोट १२ र रेड्मी नोट १२ प्रो ५ जी गरी दुईवटा फोनहरू समावेश छन् ।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले भने, ‘भर्खरै लन्च भएको फ्ल्यागशिप–लेभल स्पेसिफिकेशन समावेश रेड्मी नोट १२ सिरिजमा अविश्वसनीय ब्याट्री ब्याकअप, अद्भुत क्यामेरा सेटअप र शक्तिशाली प्रदर्शन रहनुका साथै मूल्य पनि किफायती रहेको छ ।’
रेड्मी नोट १२ एक टिबीसम्म विस्तारयोग्य भण्डारण सहित तीन स्टोरेज भेरियन्टमा उपलब्ध छ । फोनको मूल्य क्रमशः रु.२२,९९९, रु.२४,९९९ र रु.२६,९९९ रहेको छ ।
त्यस्तै रेड्मी नोट १२ प्रो ५जी दुई स्टोरेज भेरियन्टमा उपलब्ध छ । यो फोनको मूल्य क्रमशः रु.३८,९९९ र रु.४१,९९९ रहेको छ ।
सम्बन्धित









एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
आज मंसिर १० गते बुधबार, कस्ताे रहला तपाइकाे राशिफल ?
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
आज दिनभरको मौसम कस्तो रहला ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
प्रतिक्रिया