रेड्मी नोट १२ र रेड्मी नोट १२ प्रो ५ जी अब नेपालमा
मेरोन्यूज
२०७९ चैत २१ गते ११:५८

काठमाडौं । शाओमीले रेड्मी नोट १२ सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ । यस वर्ष रेड्मी नोट १२ सिरिज अन्तर्गत रेड्मी नोट १२ र रेड्मी नोट १२ प्रो ५ जी गरी दुईवटा फोनहरू समावेश छन् ।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले भने, ‘भर्खरै लन्च भएको फ्ल्यागशिप–लेभल स्पेसिफिकेशन समावेश रेड्मी नोट १२ सिरिजमा अविश्वसनीय ब्याट्री ब्याकअप, अद्भुत क्यामेरा सेटअप र शक्तिशाली प्रदर्शन रहनुका साथै मूल्य पनि किफायती रहेको छ ।’
रेड्मी नोट १२ एक टिबीसम्म विस्तारयोग्य भण्डारण सहित तीन स्टोरेज भेरियन्टमा उपलब्ध छ । फोनको मूल्य क्रमशः रु.२२,९९९, रु.२४,९९९ र रु.२६,९९९ रहेको छ ।
त्यस्तै रेड्मी नोट १२ प्रो ५जी दुई स्टोरेज भेरियन्टमा उपलब्ध छ । यो फोनको मूल्य क्रमशः रु.३८,९९९ र रु.४१,९९९ रहेको छ ।
सम्बन्धित
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
मन्त्रिपरिषद् बैठक सुरु
प्रतिक्रिया