शुक्रबार, चैत १३, २०८२

थाहा पाउनुहाेस् आजको तरकारी तथा फलफूलको मूल्य

मेरोन्यूज २०७९ चैत २२ गते १०:४८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

जसअनुसार कालो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अङ्गुर १५० रुपैयाँ, अनार २५० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवी ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठुलो गोलभेँडा ६० रुपैयाँ, अदुवा ११० रुपैयाँ, रातो आलु २३ रुपैयाँ, सेतो आलु १८ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २५० रुपैयाँ, कुरिलो ३५० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

प्रतिक्रिया