अम्बानीको पार्टीमा सलमान ब्याकग्राउन्ड डान्सर बनेपछि प्रयोगकर्ताले भने- यो हो पैसाको तागत

वलिउड अभिनेता सलमान खानको एक भिडियो यसबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा उनी उद्योगपति मुकेश अम्बानीले आयोजना गरेको कार्यक्रममा ब्याकग्राउन्ड डान्सरको रुपमा नाचिरहेका छन् । यो भिडियोलाई लिएर सामाजिक सञ्जालमा प्रयोगकर्ताले उनलाई ट्रोल गरिरहेका छन् ।
वास्तवमा सलमानको यो भिडियो मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको संगीत समारोहको हो । भिडियोमा अनन्त अम्बानीले शाहरुख खानको फिल्म ‘कुछ कुछ होता है’ को गीत ‘कोई मिल गया’ मा गितार हातमा लिएर स्टेजमा प्रस्तुति दिइरहेका छन् । यसै क्रममा उनकी मंगेतर राधिका मर्चेन्ट पनि अनन्तसँग मिल्छिन् । सोही क्रममा नीलो सूट लगाएका सलमान उनीहरुको पछाडि भुइँमा नाचिरहेको देखिन्छ ।
यो हेरेपछि धेरैले उनको ट्रोल गरिरहेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘यो पैसाको शक्ति हो, पैसा भए तपाईले जसलाई पनि आफ्नो धुनमा नाचाउन सक्नुहुन्छ’ । अर्काले लेख्छन्, ‘पैसाको लागि जे पनि गर्न सकिन्छ’। केहिले भने उनको सर्मथनमा पनि कमेन्ट गरिरहेका छन् ।
सलमानको बहुप्रतिक्षित फिल्म ‘किसी का भाइ किसी की जान’ इदको अवसरमा अर्थात २१ अप्रिल २०२३ मा सिनेमाघरमा रिलिज हुँदैछ। यस फिल्ममा सलमानको अपोजिटमा पूजा हेगडे देखिनेछिन् । फिल्ममा शहनाज गिल, पलक तिवारी, सिद्धार्थ निगम, जस्सी गिल र राघव जुयालको पनि अभिनय रहेको छ ।


















आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी
एनएमबि क्यापिटलको रेटिङ्ग स्तरत्रोति र एनएमबि सरल बचत फण्ड –इ को आकार १० अर्बका लागि स्वीकृति
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा
हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि
कोका–कोला नेपालले सुरु गर्यो फिफा वल्ड्र कप २०२६ अभियान
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया