बुधबार, पुष ९, २०८२

थप ९८ जनामा कोरोना संक्रमण पुष्टि

मेरोन्यूज २०७९ चैत २२ गते १७:३५

काठमाडौँ । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमण बढेको देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा पिसिआर परिक्षणबाट ७१ र एन्टीजेन परिक्षणबाट २७ जनालाई संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १७६८ नमुना परिक्षण गरिएको छ ।

१३४१ एन्टिजेन परीक्षण गर्दा २७ जनामा र ४२७ पीसीआर परीक्षण गर्दा ७१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । अहिले मुलुकमा सक्रिय संक्रमितको संख्या ३२२ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया