हिमालयन बैंकले संचालन गर्यो अपाङ्गमैत्री एटिएम सेवा
मेरोन्यूज
२०७९ चैत २६ गते १६:०३

काठमाडौं । हिमालयन बैंक लिमिटेडले साँगा स्थित स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रमा पहिलो अपाङ्गमैत्री एटिएम संचालनमा ल्याएको छ । बैंकले बैंकिङ्ग सुबिधा सबैको पहुँचमा हुनुपर्छ भन्ने मान्यताका साथ सबैको लागि बैंक, सबैका लागि बैंकिङ्ग सुबिधा भन्ने उद्देश्यले सो स्थानमा एटिएमको सुरुवात गरेको हो ।
बैंकको सो एटिएमको उद्घाटन स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रको २१ औं वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित एक समारोहको बीच बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्य, हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रका अध्यक्ष डा. शान्ता दिक्षितले गरेका हुन् ।
उक्त समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर ज।ब।रा लगायत बैंक तथा उक्त संस्थाका उच्चपदस्थका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।
सम्बन्धित
















कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण
कृषि मन्त्री गीतालाई बुवा जयरामको सन्देश, ‘जनता खुसी पार्ने काम गर्नु’
यस्ताे छ अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय
डा वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया