शुक्रबार, चैत १३, २०८२

चालु खाता घाटा साढे ४४ अर्ब पुग्यो, देशको आर्थिक अवस्था के छ ?

मेरोन्यूज २०७९ चैत २८ गते १८:११

काठमाडौँ । विदेशी मुद्रा सञ्चितिमा क्रमशः सुधार हुँदै गएको देखिए पनि सरकारको चालु खाता घाटा बढ्दो क्रममा देखिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार यो अवधिसम्ममा विदेशी मुद्रा सञ्चिति १४ खर्ब एक अर्ब नाघेको छ । यही अवधिमा सरकारको चालु खाता ४४ अर्ब ३१ करोडले घाटामा रहेको छ ।

राष्ट्र बैंकका अनुसार यो अवधिसम्ममा पुँजीगत ट्रान्सफर २० दशममलव ३ प्रतिशतले कमी आई पाँच अर्ब ५८ करोड कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी एक अर्ब १७ करोड बराबर मात्रै छ ।

अघिल्लो वर्षको सोही अवधिसम्ममा पुँजीगत ट्रान्सफर रु सात ७ अर्ब रहेको थियो भने १६ अर्ब ३० करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो ।

फागुन मसान्तसम्ममा शोधनान्तर स्थिति एक खर्ब ४८ अर्ब ११ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ५८ अर्ब ६४ करोडले घाटामा रहेको थियो ।

प्रतिक्रिया