‘पठान’लाई ३३३ करोड नाफा हुँदा शाहरुखले लिए २०० करोड

काठमाडाैं । जनवरी २५ मा रिलिज भएको शाहरुख खानको थ्रिलर फिल्म ‘पठान’ले बक्स अफिसमा सफलता हासिल गरेर इतिहास रच्यो। ४ वर्षको अन्तरालपछि फिल्ममा फर्केका शाहरुख खानले हिन्दी सिनेमालाई पठानको रूपमा अल टाइम ब्लकबस्टर फिल्म दिए । फिल्ममा उनी अलावा दिपिका पादुकाेण र जाेन इब्राहम मुख्य भूमिकामा देखिएका थिए ।
फिल्मको कुल बजेट २७० करोड रुपैयाँ भारु थियो। फिल्मले भारतीय बक्स अफिसमा मात्र कुल ५४५ करोड रुपैयाँ भारू कमाएको छ भने विदेशमा ३९६.०२ करोड रुपैयाँ कमाएको छ ।
भारतीय मिडियाका अनुसार चलचित्रले स्याटेलाइट र डिजिटल अधिकारबाट १५० करोड रुपैयाँ भारू कमाएको छ । त्यस्तै, निर्माताले संगीत र अनुदानबाट ३० करोड रुपैयाँ पाएका छन् । समग्रमा पठानले २७० करोडको लगानीमा बनेर ६०३ करोड कमाइ गर्दै ३३३ करोड भारू नाफा जाेगाएकाे छ ।
फिल्ममा शाहरुखले कुनै पारिश्रमिक नलिएर ६० प्रतिशत सेयर रोजेका थिए । यसरी पठानको कुल कमाईमध्ये शाहरुखले करिब २०० करोड रुपैयाँ लिएका छन् ।


















बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल (तस्वीरहरु)
वार्षिक कार्ययोजनाबारे समीक्षा
आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी
एनएमबि क्यापिटलको रेटिङ्ग स्तरत्रोति र एनएमबि सरल बचत फण्ड –इ को आकार १० अर्बका लागि स्वीकृति
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया