राष्ट्रिय सभा अध्यक्षले अस्पताल पुगेर लिए राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ । राष्ट्रिय सभाका सम्मानीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले त्रिभुवन विश्वविधालय शिक्षण अस्पतालमा उपचार गराइरहेका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
बुधबार विहान भेट अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेको अध्यक्ष तिमिल्सिनाका प्रेस संयोजक दुर्गाप्रसाद शर्माले जानकारी दिए ।
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको र आत्तिनु पर्ने अवस्था नरहेको राष्ट्रपतिको उपचारमा संलगन डक्टरहरूले अध्यक्ष तिमिल्सिनालाई जानकारी गराएका थिए । प्रेस संयोजक शर्माका अनुसार राष्ट्रपति पौडेललाई थप परीक्षण र उपचारका लागि भारत लैजानु पर्ने चिकित्सकले अध्यक्ष तिमिल्सिनालाई जानकारी गराएका छन् ।
राष्ट्रपति पौडेलको पेटमा इन्फेक्सन देखिएपछि मंगलबार बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। अहिले उनको स्वास्थ्य अवस्थामा सुधार आइरहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
















ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
अग्रिम भर्ना र शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया