अब चारवटा माेबाइलमा एउटै ह्वाट्सएप अकाउन्ट चलाउन सकिने

सामाजिक सञ्जाल एप ह्वाट्सएपले एक ठूलो परिवर्तन ल्याएको छ। अब ह्वाट्सएप प्रयोगकर्ताले एउटै खाता चार फोनमा एकैसाथ प्रयोग (लग इन) गर्न सक्ने भएका छन्।
कम्पनीका अनुसार यो फिचर केही हप्तामा सबै प्रयोगकर्तामा पुग्नेछ । केही दिन अघि यो सुविधा व्हाट्सएप बीटा प्रयोगकर्ताहरूका लागि जारी गरिएको थियो। ह्वाट्सएपको मूल कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले यो नयाँ फिचरको बारेमा जानकारी दिएका हुन् । उनले लेखेका छन्-‘अब तपाईं एकैसाथ चारवटा फोनमा व्हाट्सएपमा लग इन गर्न सक्नुहुनेछ।’
कसरी हुन्छ याे ?
यो नयाँ फिचरमा तपाईले एकै पटक ४ डिभाइसमा कुनै पनि व्हाट्सएप अकाउन्टमा लगइन गर्न सक्नुहुनेछ । यी सबै उपकरणहरूमा स्वतन्त्र रूपमा काम गर्नेछ। यस वाहेक प्रयोगकर्ताहरूले पहिलाे उपकरणमा नेटवर्क नभए पनि अन्य उपकरणहरूमा व्हाट्सएप चलाउन सक्नेछन्।
यसमा प्रयोगकर्ताहरूले म्यासेज पठाउन र पाउन सक्नेछन्, तर यदि खाता लामो समयसम्म प्राइमरि उपकरणमा निष्क्रिय रह्यो भने, खाता अन्य उपकरणहरूबाट स्वचालित रूपमा लग आउट हुनेछ।
OTP मार्फत लग-इन गर्न सकिनेछ
यदि व्हाट्सएप प्रयोगकर्ता पहिलाे उपकरणको साथमा अर्को उपकरणमा लग इन गर्न चाहन्छ भने, उसले अन्य उपकरणको व्हाट्सएपमा गएर फोन नम्बर प्रविष्ट गर्नुपर्नेछ। यसपछि पहिलाे फोनमा OTP आउनेछ। जुन प्रविष्ट गरेपछि तपाइँ अन्य उपकरणमा पनि लग इन हुनुहुनेछ। त्यस्तै प्राइमरी डिभाइसमा रहेको कोड स्क्यान गरेर अन्य डिभाइसहरू पनि लिंक गर्न सकिनेछ।
-एजेन्सी
प्रतिक्रिया