सोमबार, मंसिर १५, २०८२

कुवेतविरुद्ध करणले १० रन दिएर पाँच विकेट लिए

मेरोन्यूज २०८० वैशाख १६ गते १५:४४

काठमाडौँ । एसीसी प्रिमियिर कपअन्तर्गतको सेमिफाइनल खेलमा करन केसीले पाँच विकेट लिएका छन् । कुवेतविरुद्ध उनले पाँच विकेट लिएका हुन् ।

उनले कुवेतका कप्तान मोहमद अस्लम, सिराज खान, राभिजा सान्दारुवान, मित भावसार र अदनान इद्रिसलाई आउट गरेका हुन् । उनले जम्मा ४.३ ओभर बलिङ गर्दै १० रन दिएका छन् ।

त्यस्तै, खेलमा सोमपाल कामीले एक विकेट लिएका छन् । उनले परविन्दर कुमारलाई आउट गरेका थिए ।

प्रतिक्रिया