एसीसी प्रिमियर कप : पानी परेपछि दुवै खेल रद्ध, डीएल मेथडमा नेपालले जित्ला ?
मेरोन्यूज
२०८० वैशाख १६ गते १६:२७

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत नेपालमा जारी दुवै खेल रोकिएको छ । नेपाल र कुवेतबीचको खेल पानी परेसँगै पुनः रोकिएको हो ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलको दोस्रो इनिङमा ८.३ ओभर खेल भइरहँदा खेल रोकिएको हो ।
नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८ ओभरमा ६ विकेट गुमाएर ३७ रन मात्रै बनाएको छ । यदि, डीएल मेथडमा खेलको नतिजा लिन परे कुवेतले २० ओभरमा १९४ रन बनाउनु पर्नेछ ।
नेपालका तीव्र गतिका बलर करण केसी एक्लैले पाँच विकेट लिएका छन् । सोमपाल कामीले एक विकेट लिए ।
यस्तै, पानी परेपछि मूलपानीस्थित क्रिकेट मैदानमा जारी यूएई र ओमनबीचको खेल पनि रोकिएको छ ।
यूएईले दिएको २३६ रनको लक्ष्य पछ्याएको ओमनले ६ विकेटको क्षतिमा १९० रन बनाएको छ । नेपालले कुवेतमाथि जित हात पारे फाइनलमा यूएई वा ओमानसँग खेल्ने छ ।
सम्बन्धित
















सुनको मूल्य तोलामा ५ हजारले बढ्यो
इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई
पूर्वमन्त्री दीपक खड्का पक्राउको यस्तो छ कारण
मकवानपुरमा महिलाका नाममा उद्योग दर्ता बढ्यो
Pedestrian dies in road accident
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया