सोमबार, मंसिर १५, २०८२

एसीसी प्रिमियर कप : पानी परेपछि दुवै खेल रद्ध, डीएल मेथडमा नेपालले जित्ला ?

मेरोन्यूज २०८० वैशाख १६ गते १६:२७

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत नेपालमा जारी दुवै खेल रोकिएको छ । नेपाल र कुवेतबीचको खेल पानी परेसँगै पुनः रोकिएको हो ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलको दोस्रो इनिङमा ८.३ ओभर खेल भइरहँदा खेल रोकिएको हो ।

नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८ ओभरमा ६ विकेट गुमाएर ३७ रन मात्रै बनाएको छ । यदि, डीएल मेथडमा खेलको नतिजा लिन परे कुवेतले २० ओभरमा १९४ रन बनाउनु पर्नेछ ।

नेपालका तीव्र गतिका बलर करण केसी एक्लैले पाँच विकेट लिएका छन् । सोमपाल कामीले एक विकेट लिए ।

यस्तै, पानी परेपछि मूलपानीस्थित क्रिकेट मैदानमा जारी यूएई र ओमनबीचको खेल पनि रोकिएको छ ।

यूएईले दिएको २३६ रनको लक्ष्य पछ्याएको ओमनले ६ विकेटको क्षतिमा १९० रन बनाएको छ । नेपालले कुवेतमाथि जित हात पारे फाइनलमा यूएई वा ओमानसँग खेल्ने छ ।

प्रतिक्रिया