सुडानमा रहेका नेपालीको उद्धार, स्वदेश ल्याउने प्रयास

काठमाडौँ । नेपाल सरकारले सुडानमा हालै विकसित परिस्थितिमा त्यहाँ रहेका नेपालीको सकुशल उद्धार तथा घर फिर्तीका लागि निरन्तर प्रयास जारी राखेको जनाएको छ ।
यसै सिलसिलामा कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका ३१ जना नेपालीमध्ये पोर्ट सुडान पुगेका १९ जनालाई साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट यही वैशाख १७ मा जेद्दा सहर पुर्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
जेद्दा पुगेका १९ जनामध्ये छ जना नेपाली नागरिक हिजो मङ्गलबार रोजगारदाता कम्पनीको प्रबन्धमा दुबईस्थित सोही कम्पनीको शाखामा रहने भएका छन् ।
नेपाल फर्कन प्रतिक्षारत १३ जना नेपाली नागरिकमध्ये आठ जना आज एअर अरबियाको उडानबाट काठमाडौँ आइपुग्ने र बाँकी पाँच जना भोलि बिहीबार जजिरा एअरवेजको उडानबाट नेपाल फिर्ता आउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी नेपाली राजदूतावास, कायरोसँग सुडानमा सम्पर्कमा रहेका बाँकी ११ जनामध्ये छ जनालाई पनि पोर्ट सुडानबाट जेद्दा हुँदै उद्धार गर्ने प्रयास जारी रहेको छ ।
बाँकी तीन जना रोजगारदाता कम्पनीको प्रबन्धमा सुरक्षित रुपमा पोर्ट सुडानको होटलमा रहेका र अरु दुई जनालाई रोजगारदाता कम्पनीले इजिप्टको सिमानास्थित सुरक्षित स्थानमा राखेको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।










पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
एमाले चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
प्रतिक्रिया