आज सेयर बजार नेप्सेमा सामान्य गिरावट

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट आएको छ । बिहीबार सेयर बजार परिसूचक नेप्से ३.३४ अंकले गिरावट हुँदा १८३८.५९ अंकमा बन्द भएको छ ।
बिहीबार कारोबारमध्ये नेपाल दूरसञ्चार प्राधिकरण (नेपाल टेलिकम)को सर्वाधिक तीन करोड १५ लाखको कारोबार हुँदा ग्लोबल आईएमई बैंकको संस्थापक सेयर करिब दुई करोड ७१ लाख र शिवम् सिमेन्टको एक करोड ८० लाखको कारोबार भएको छ ।
आज नेप्सेमा कूल २१६ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा ६४ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै १३८ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा १४ कम्पनीको सेयर मूल्य स्थिर छ ।
आज आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सर्वाधिक ६.१० प्रतिशतले वृद्धि हुँदा सिटिजन्स म्युचुअल फण्ड १ को इकाइमूल्य ५.८९ प्रतिशत गिरावट भएको छ ।
यता फर्वार्ड लघुवित्तको सेयरमूल्य ५.९९ प्रतिशतले गिरावट हुँदा बाराही हाइड्रोपावरको सेयर मूल्य ५.५२ प्रतिशतले घटेको छ ।
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया